लण्डन – कोरोना भाइरसको महामारीका कारण संसार भरीमा फिसिङ एट्याक अत्यधिक हुन थालेको प्राविधिक कम्पनी गूगलले जानकारी दिएको छ ।फिसिङ भनेको इन्टरनेटमा धोका दिने त्यस्तो तरिका हो, जसमा अपराधीले प्रयोगकर्तालाई छल गरेर उनीहरुसंग पासवर्ड, क्रेडिट कार्डको विवरण जस्ता गोप्य जानकारीहरु हासिल गर्ने कोशिश गर्छन् ।
गूगलले हरेक दिन दस करोड फिसिङ ईमेलहरु ब्लक गरिरहेको बताएको छ । पछिल्लो हप्ता त्यस प्रकारका ईमेलको पाँचौं अंश कोरोना भाइरससंग सम्बन्धित ईमेलहरु थिए । कम्पनीका अनुसार त्यस प्रकारका भाइरस फिसिङ सबैभन्दा ठूलो विषय भएको थियो । संसार भरीमा डेढ अरब मानिसहरुले गूगलको जीमेल सेवा प्रयोग गर्छन् ।
फिसिङ ईमेलहरु
जालसाजि गर्नेहरुले जीमेल प्रयोगकर्तालाई विभिन्न किसिमका ईमेल पठाइरहेका छन् । जसमध्ये केही ईमेल विश्व स्वास्थ संगठन जस्तो संस्थाहरुको नामबाट पठाइने गरिन्छ, जसबाट शिकारलाई कुनै सफ्टवेयर डाउनलोड गर्नका लागि उकास्न सकियोस् र त्यहि वहानामा चन्दा माग्न सकियोस् । साइबर अपराधी अहिले सरकारी संस्थाहरुको नाममा पनि फाइदा उठाउने कोशिश गरिरहेका छन् ।
गुगलको आर्टिफिशियल ईटेलीजेन्स मशीनले त्यस प्रकारका ९९ दशमलव ९ प्रतिशत ईमेलहरुलाई ब्लक गर्न सक्षम भएको गूगलको दावी छ । साइबर सेक्योरिटीसंग सम्बन्धित कम्पनिहरु पनि कोरोना भाइरसको नाममा पठाइने फिसिङ ईमेलहरुमा ध्यान दिइरहेको छ । साइबर सेक्योरिटी फर्मका बार्राकुडाका अनुसार कोभिड १९ को महामारीको क्रममा जालसाजीको उद्देश्यले पठाइने फिसिङ ईमेलहरुमा ६ सय ६७ प्रतिशतले वृद्धि भएको छ ।
यस्तो जालसाजिकर्ताहरुले फेक ईमेल र एसएमएस पठाइरहेका छन् । त्यस्ता सन्देशहरु बेलायती सरकार, विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन र यहाँसम्म कि राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट समेत पठाइएको दावी रहेको छ । अहिले कोरोना भाइरसका कारण स्थिति भावनात्मक भएको छ र साइबर अपराधीले पनि यो कुरालाई बुझेको छ ।
उनीहरुले पठाएका लिंक्समा एउटा सामान्य व्यक्तिले क्लिक गर्ने सम्भावना धेरै हुन्छ र उनीहरु भावनामा बगेर उनीहरुको निर्देशनको पालना गर्छन भन्ने अपराधीको अपेक्षा रहेको हुन्छ । कोरोना भाइरसको बारेमा जानकारी दिने नाममा नक्कली वेबसाइट र स्मार्टफोन एप्स अस्तित्वमा आएको सर्वेक्षणकर्ताहरुले पत्ता लगाएका छन् । त्यस्तै नराम्रो उद्देश्यले बनाएएको एउटा एन्ड्रोइड एपले कोरोना भाइरसको प्रसारलाई ट्रयाक गर्न सहयोग गर्छ भन्ने दावी गरेको छ ।
यद्यपि यो एपलाई डाउनलोड गर्दा फोन रेनसमवेयरको शिकार हुन्छ र फोनलाई पहिले जस्तो स्थितिमा ल्याउनका लागि प्रयोगकर्तासंग पैसाको माग गरिन्छ । पछिल्लो हप्ता बेलायतए एजेन्सी नेशनल साइबर सेक्योरिटी सेन्टर र अमेरिकाको होमल्यान्ड सक्योरिटी विभागले यो क्रममा एउटा संयुक्त निर्देशिका नै जारी गरेको थियो । निर्देशिकामा भनिएको थियो- ‘साइबर हमलाको संख्या बढेको छ र अपराधी आफ्नो उद्देश्य प्राप्त गर्नका लागि कोभिड ९१९को महामारीको फाइदा उठाइरहेको छ ।’
बीबीसीबाट




















