एजेन्सी – क्यानडामा प्रहरीको भेषमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ ।
नोभा स्कोटिया प्रान्तमा भएको घटनामा बन्दुधकारीको गोली लागेर धेरै मानिस घाइते भएका छन् ।
गोली लागेर १ महिला प्रहरीको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् । प्रहरीको कारवाहीमा बन्दुकधारी पनि मारिएका छन् ।
बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । गोली चलाउने ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्ति भएको क्यानडाको नागरिक रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेको संख्या अझै बढनसक्ने अनुमान गरिएको छ । गोली चलाउनुको कारण खुलेको छैन । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ ।


