काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटीले आफ्ना बुवालाई गुमाएको आज दश वर्ष भयो । दश वर्षअघि वर्षासहित उनको परिवारलाई नै एक्लो बनाएर उनका बुवाले यो धर्ती छाडेका थिए । आफ्ना बुवा बितेको दिन सम्झेर अभिनेत्री शिवाकोटीले फेसबुकमार्फत बुवालाई सम्झिएकी छिन् । आफ्नो बुवाका केही तस्बिरहरु शेयर गर्दै वर्षाले एउटा स्टाटस समेत लेखेकी छिन्
‘छोरीका लागि सबैभन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे । तर जब विश्वासको अर्थ बुझ्ने उमेर भएको थियो, हजुर त छाडेर गै सक्नु भएको थियो । तर, आफ्नो ठाउँमा मेरो अगाडि हजुरले उभ्याइ दिनु भएको त्यो आत्मवल, निष्ठा र आत्म-सम्मानको छवीलाई सधैं एक्लै डोहोर्याइ हिंडेका यी दुई पाइलालाई म कहिल्यै डग्मगाउन दिने छैन ।
भगवानको काखबाट यससी नै सधैं हजुरको आशीर्वाद बर्सिरहोस र परिवारप्रति हजुरले सुम्पिनु भएको जिम्मेवारीलाई सहज निर्वाह गर्न सकूँ । माया गर्ने मान्छेको यादमा समय बितेको त पत्तो नै नहुने रैछ । यी १० वर्ष कति चाँडो बिते, थाहै भएन ! फेरि पनि लाग्छ, वैशाखको त्यो कालो रात कहिल्यै न आयदिएको भए….’
Miss you Daddy #10yearsofseparation


