गोरखा समाचारदाता
पर्सा – जिल्लाको मौजे टोलमा सनिबार राती झडप हुदा ९ जना घाईते भएका छन ।
बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार बेलुकी देवान र कलवार पक्षबीच झडप हुदा ९ जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान ,फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार , सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन् ।
मौजेटोलमा रहेको मस्जिदमा केही उश्रृखल व्यक्तिले ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको थियो ।
जनप्रतिनिधिले कोरोना विरुद्ध एक भएर लडनुपर्ने समयमा विवाद नगर्न आग्रह गरेका छन् । सामाजिक सदभाव विथोल्ने नियतले विवाद गरिएको उनीहरुको भनाइ छ ।
झडपमा घाइतेहरुको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ । घाईते मध्ये २ अबस्था भने गम्भिर रहेको पर्सा प्रहरीले जनाएको छ ।
झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई नियन्त्रणमा लिएको छ ।




















