गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरसको महामारीबाट विदेशमा रहेका २८ जना नेपाली एनआरएनएले ज्यान गुमाई सकेको छ ।
तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको गैरआवासीय नेपाली संघले गठन गरेको कोविडा–१९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरको छ ।
विश्वभर गैर आवासिय नेपालीहरु मध्ये १ हजार १६६ जना कोरोनाबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
संक्रमित हुनेमा देशमा अमेरिका ७००, बेलायत २००, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्चुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२ जना छन् । त्यस्तै साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, र हङकङमा १ जनामा संक्रमण देखिएको छ ।
विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर तथ्यांक संकलन गरिएको एनआरएनएले जनाएको छ ।
२० भन्दा बढी मुलुकका १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको जनाएको छ ।


