लण्डन– बेलायतको अक्सफोर्ट विश्वविद्यालयमा भ्याक्सिनोलोजी डिपार्टमेन्टकी प्रोफेसर सारा गिलबर्टले कोरोना भाइरसको खोप बनाएको दावी गरेकी छिन् प्रोफेसर गिलबर्टले उक्त खोप सेप्टेम्बर महिनासम्ममा आइसक्ने दावी गरेकी छिन् । यो परियोजनालाई बेलायत सरकारले समेत पूर्ण समर्थन गरेको छ ।
कोरोना भाइरसको संक्रमण विश्वका लागि महामारी बनिसकेको छ । यो संक्रमणका कारण विश्वभरीमा २२ लाखभन्दा बढी मानिसहरु संक्रमित छन्, जबकि डेढ लाखभन्दा बढी मानिसहरुको निधन भैसकेको छ । थुप्रै देशहरुमा यो संक्रमणको उपचार खोज्नका लागि विभिन्न प्रकारका अनुसन्धानहरु भैरहेका छन् ।
सर्वाधिक प्रभावित देशहरुको सूचीमा समावेश भैसकेको बेलायत पनि ती देशहरुको सूचीमा समावेश छ, जहाका वैज्ञानिकहरु कोरोनाको उपचार खोज्नका लागि अनुसन्धान गरिरहेका छन् । अहिले आएर बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भेक्सिनोलोजी डिपार्टमेन्टकी प्रोफेसर सारा गिल्बर्टले कोरोना भाइरसको खोप बनाएको दावी गरेकी छिन् ।
शुक्रवार पत्रकारहरुसंग कुराकानी गर्दै गिलबर्टले खोप आगामी सेप्टेम्बरसम्म आउने नै दावी गर्दै भनेकी छिन्- ‘हामी महामारीको रुप लिएको एउटा रोगमा काम गरिरहेका थियौं, जसलाई एक्स नाम दिइएको थियो । त्यसका लागि हामीलाई योजना बनाएर काम गर्नु पर्ने आवश्यकता छ ।’ उनले भनेकी छिन् -‘ChAdOx1 प्रविधिसंग त्यसको १२ वटा परीक्षण गरिसकिएको छ ।’
हामीले एक डोजबाट नै इम्युनलाई लिएर उत्कृष्ट परिणाम प्राप्त भएको छ, जबिक आरएनए तथा डीएनए प्रविधिबाट दुई अथवा दुई भन्दा बढी डोजको आवश्यकता हुन्छ । प्रोफेसर गिलबर्टले त्यसको क्लीनिकल ट्रायल प्रारम्भ भएको जानकारी समेत दिइन् र सफलताप्रति विश्वास व्यक्त गर्दै भनिन् -‘यसको दश लाख डोज यही वर्षको सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ ।’
अक्सफोर्टको समुह उक्त खोपलाई लिएर आत्मविश्वासले यति भरिएको छ कि क्लिनिकल ट्रायल भन्दा पहिला नै उत्पादन कार्य प्रारम्भ गरिसकेको छ । यस सम्बन्धमा प्रोफेसर एड्रियल हिले के भनेका छन् भने उक्त समुह विश्वासले भरिएको छ । उनीहरु सेप्टेम्बरसम्मको प्रतिक्षा गर्न चाहदैनन, जब क्लिनिकल ट्रायल पूरा हुन्छ ।
उनको भनेका छन् हामीले जोखिमका साथ ठूलो मात्रामा उक्त खोपको उत्पादन नै थालिसकेका छौं । विश्वका विभिन्न क्षेत्रमा कुल ७ उत्पादनकर्ताहरुलाई लिएर यसको उत्पादन प्रारम्भ भैरहेको छ । प्रोफेसर हिलले भनेका छन् -‘७ उत्पादकहरुमध्ये तीन बेलायत, दुई यूरोप, एक चीन तथा एक भारतमा छन् । उनले के विश्वास गरेका छन् भने यो वर्षको सेप्टेम्बर अथवा बढीमा वर्षको अन्त्यसम्मा उक्त खोपको दश लाख डोज उपलब्ध हुनेछ ।’
उनी भन्छन् -‘तीन चरणहरुमा ट्रायलको थालनी ५ सय १० जना स्वयंसेवकमार्फत गरिएको छ । तीन चरणसम्म ५ हजार स्वयंसेवक जोडिने सम्भावना छ।’रोचक कुरा के छ भने उक्त खोपको खोजमा जुटेकी प्रोफेसर गिलबर्टको समुहलाई बेलायतको नेशनल इन्स्च्यिूट फर हेल्थ रिसर्च तथा द यूके रिसर्च एण्ड इनोभेसनले २२ लाख पाउण्डको अनुदान दिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाको चपेटामा आएका थिए । देशभरीमा १४ हजार भन्दा बढीले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।
बीबीसीबाट


