गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले आज (आईतबार) देखी अन्य क्षेत्रबाट नगरक्षेत्र भित्र प्रवेश गरे क्वारेन्टाईनमा राख्ने भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै आजबाट अन्य कुनै पनि स्थानबाट नगर क्षेत्रभित्र अनाधिकृत रुपमा प्रवेश गरेको थाहा पाएमा तत्कालै नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्ने भएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा ‘कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम र न्युनीकरणका लागि २०७७/१/७ गते देखी गोरखा नगरपालिका नगरक्षेत्र भित्र अनाधिकृत रुपमा प्रवेश गर्ने सम्पुर्ण व्यक्तिहरुलाई गोरखा नगरपालिकाद्वारा निर्माण गरेको क्वारेन्टाइन स्थलमा राखिने’ भनिएको छ ।
नगरपालिकाले त्यस्ता मानिसहरुका लागि बिरेनचोकको कुवाडी डाडाँमा रहेको मनकामना आवासिय विद्यालयमा ५० वेड र मझुवा देउरालीमा रहेको गोरखाकाली रबर उद्योगको परिषरमा १२ वेडको क्वारेन्टाईन निर्माण गरि सकेको छ ।



