गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ब्यक्तिको अस्पतालमा राखेर उपचार भईरहेको छ । संक्रमित पुरुष उदयपुर हो ।
योसँगै अब नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ ।
शुक्रबार मात्रै एकै दिनमा १४ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा १२ र चितवनमा २ जनामा संक्रमण देखिएको थियो ।
संक्रमितमध्ये सफल उपचार पछि ३ जना उपचारपछि घर फर्केका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २७ हजारभन्दा धेरै परीक्षण भर्इसकेको छ । देशभर ४ हजार ५३६ जना क्वारेन्टाईनमा र ११७ जना आइसोलेसनमा रहेका छन ।
देशमा सङ्क्रमण पुष्टि भएका मध्ये टेकु अस्पतालमा अब १ जना, पाटन अस्पतालमा २ जना, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना, विराटनगरमा १३ जना, भरतपुरमा २ जना र वाग्लुङ्गमा १ जना उपचाररत छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


