पोखरा । भर्खरै विवाह बन्धनमा बाँधिएका अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको धेरै गसिप हुने गरेको छ । उनीहरुको विवाहमा देखिएको तडक भडक देखि पुर्व प्रेमिकाको बारेमा निक्कै चर्चा भईरहन्छ ।
करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले केहि साता अगाडी मात्र विवाहमा परिणत गरेका हुन् । दुवैले आफ्नो विवाहमा राम्रै खर्च गरेका थिए । स्टार होटेलमा रिसिप्सन देखि हेलीकप्टरमा गरिएको सवारीले फिल्मी नगरीमा एउटा तहल्का नै मच्चायो ।
यी दुइजना नया जीवन सुरु गर्दै गर्दा अर्को गसिपले पनि बजार तातिएको छ । हुनत उदिप श्रेष्ठले स्वीकारी सकेका छन । उनको पुर्व प्रेमिकाको बारेमा बोलिसकेका छन । उनको पहिलो प्रेमिका भने फिलिपिनी हुन् । दोस्रो प्रेमिका भने नेपाल कै हुन् । ति नेपाली प्रेमिका अरु कोहि नभएर नेपाल कै चर्चित भलिवल खेलाडी तथा नायिका सिपोरा गुरुङ्ग हुन् ।
उदिप श्रेष्ठले सार्बजनिक रुपमै नाम नलिएपनि सिपोरा गुरुङ्गले भने यस अघि नै नेसनल टेलिभिजनमा यो कुरा सार्बजनिक गरेकी थिइन । उनले आफ्नो प्रेमी उदिप श्रेष्ठ मात्र भनेका छैनन् पहिलो र अन्तिम प्रेमी पनि उनि नै हुन् भनेकी छन ।
यसै बीच उदिपको पुर्व प्रेमिका भनिएकी फिलिपिनी युवतीको तस्विर भन्दै सामाजिक संजालमा चर्चामा छ। प्रेमिकाको मात्र हैन तस्विरमा एउटा शिशु पनि देखिन्छ । तर ति शिशु उदिप र उनको प्रेमिका कै हो वा अन्य कसैको हो भन्ने केहि खुलेको छैन।
जुन शिशुसंग उदिप पनि संगै छन । तस्विर कहा कसले सार्बजनिक गर्यो त्यो भने खुलेको छैन । तर रिलेसनसिपमा मात्र रहेको बताउने उदिपलाई यो तस्विरले फेरी टाउको चाँहि पक्कै दुखाउला ।


