गोरखा समाचारदाता
काठमाण्डौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले श्रमिकहरुको पीडा सरकारले बुझनै नचाहेको बताएका छन् ।
लकडाउन लम्बिए संगै देशभरका मजदुर हिडेरै घर जान थालेको सम्दर्भलाई लिएर डा.भट्टराईले त्यस्तो कुरा बताएका हुनु ।
उनले मिडिया र संसदले श्रमिकबारेमा बारम्बार आवाज उठाको र अदालतले आदेश दिदा पनि सरकारले नसुनेको नबुझेको जस्तो गर्नु लजास्पद कार्य भएको बताए ।
सामाजिक सञ्जाल ट्विटरमा डा.भट्टराईले ‘सरकारको गति न ह.. न बाटो छोड्छ भने जस्तो भयो। मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिँडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन ।’
उनले लखेका छन ‘भूकम्पको बेलाजस्तो हामी सांसद र नागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने, उनले सरकारको नेतृत्व र सत्तारुढ नेकपातर्फ लक्षित गर्दै लेखेका छन्, यी श्रमिक जागेका दिन पर्ख कणहरू।
उनीहरूलाई खाना र सुत्नका साथै यातायातको उचित प्रबन्ध नगरेको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ।


