गोरखा समाचारदाता
गोरखा – सरकारले लकडाउनको अवधी बढाए संगै पैदलै घर जानेहरुको लर्को देखिन थालेको छन् ।
राजमार्गहरुमा चल्ने सवारीमा यात्रा गरिरहेकाहरुलाई पनि प्रहरीले बिचबाटोमा ओरालेर दुःख दिन थाले पछि उनीहरु पैदल नै घर जान हिडेका हुन् ।
लकडाउन खुल्ने आश नदेखेपछि विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग गोरखा जिल्ला छोडेर आ–आफ्नो घरतर्फ लागेका हुन् ।
घर पुग्ने आशामा भोक र तिर्खा नभनेर हिँड्नेहरुलाई सरकारले सहज विकल्प दिन नसके पछि मजदुरहरु बाध्य भएर हिडेरै घर गएको हो ।
गोरखाको आरुघाट बाट पैदल हिनेर बाँके जान लागेका मजदुरहरुलाई सिरानचोक गाउँपालिकाको चोरकाटेका स्थानिय बासिन्दाले खाजा पानी खुवाई र प्रहरीको सहकार्यमा एम्बुलेनसमा राखेर घर पठादै
गोरखाको स्थानिय निकायले विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर वर्गलाई खाना र आवासको ब्यवस्था गरिने भएका कारण जिल्ला छाडेर नजान आग्रह गर्दा पनि नमानि घर हिडेको गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए ।
तेस्रो पटक लकडाउनको समयावधी थप गरे संगै मजदुरलाई काम लगाउने ठेकेदार समेत सम्र्पक विहिन हुन थाले पछि विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग घर फर्किन बाध्य भएको हो ।
बार्दिया घर भएका मजदुर हिडेरै जान जाने तयारीमा
सरकारले तेस्रो पटक लकडाउनको अवधी बैशाख १५ गते सम्म लम्बाए संगै जिल्लाको ग्रामिण भेगबाट फर्कने मजदुरको लर्को नै लागेको हो । बैशाख ३ गते यता देखी दैनिक जसो १०० देखी १५० मजदुर जिल्लाबाट बाहिरिन थालेको सहजै अनुमान लगाउन सकिन्छ ।
यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने यो कुरा मान्न तयार छैनन् । ‘ठेकेदार सम्र्पक बिहिन भए पनि पालिकाले खान बस्न ब्यवस्था मिलाएको छ । बरु के हुन सक्छ भने, साईडमा निर्माण सामाग्री सकियो अनि काम भएन । त्यसै कारण पनि मजदुर घर फर्किएको हुन सक्छ’ भन्छन् प्रअिज पौडेल । उनले भने ‘बल प्रयोग गरेर वा प्रहरी परिचाल गरेर रोक्ने भन्ने कुरा आएन तर पनि संकलको बेला परिवारको सामिप्यता जरुरी ठानेर हामीले रोक्दा रोक्दै पनि विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग जिल्लाबाट बाहिरिएको’ हुन सक्ने प्रजिअ पौडेलको अनुमान रहेको छ ।
चैत्र ११ गते देखी सुरु भएको लकडाउन पछि अनिमती लिएरै जिल्लाबाट ७५० मदजुर बाहिरीएको भएता पनि पछिल्लो समय कति बाहिरियो त्यो भने जिल्लाको कुनै पनि निकाय संग रेकर्ड छैन ।
जिल्लाबाट बाहिरिने अधिकाशं मजदुरहरु भने तराई क्षेत्रका अन्रतर्गतका बाँके, बर्दिया, रौतहट, बारा, पर्सा र पहाडी क्षेत्रका रुकम, रोल्पा र सल्यानका मजदुरहरु रहेका छन ।




