गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका गोरखाले नगरक्षेत्र भित्रका कुनै सडकमा कुनै पनि प्रकारको छेकवार नगर्न अनुरोध गरको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र न्युनिकरणका बहाना गर्दै सडक तथा गल्लीमा जभाभावी छेकबार गर्ने कार्य तिव्र भएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरको हो ।
गोरखा नगरपालिकाले आज सूचना जारी गर्दै लकडाउन अबधीभर भन्दै नगरक्षेत्र भित्र आवातजावत रोक्ने काम भईरहेको पाइएकाले त्यस्ता कार्य तत्काल बन्द गर्न भनेको हो ।
केही दिन यता देखी स्थानिय गाउँलेहरुले विभिन बहानामा नगरक्षेत्र भित्र विभिन्न रुटमा रुख ढाल्ने, ढुङ्गाको पर्खाल लगाउने, भाटा प्रयोग गरी अवरोध गर्ने तथा त्यस्तै प्रकृतिको अबाञ्छित क्रियाकलाप बढेको भन्दै त्यस्ता कार्य नगर्न तथा नगराउन सूचनामा भनिएको छ ।
जारी सूचनामा त्यस्ता कार्यले कुनै पनि आकस्मिक काममा बाधा पर्ने भन्दै सूचनाको वर्खिलाप बाटो अबरुद्ध गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ ।


