गोरखा समाचारदाता
गोरखा – गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट गोठालो घाईते भएपछि चितुवाको पनि हत्या भएको छ । घाईते गोठालेहरुले चितुवाको हत्या गरेको हो ।
पालुङटार नगरपालिका ४ को अल्का चिलाउने भन्ने स्थानमा गोठालो गएका २६ बर्षिय बिक्रम भण्डारी र १६ बर्षिय संकल्प भण्डारी चितुवाले आक्रमण गरी घाईते भएका थिए ।
घाईते दुवै जनाले आफु संग भएको हतियार प्रयोग गरेर चितुवाको हत्या गरको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ ।
खेतमा बाख्रा गोठालो गएका उनीहरुलाई चितुवाले पछाडीबाट आक्रमण गरेको थियो । सव डिभिजन बन कार्यालय ठाँटीपोखरीका प्रमुख अर्जुन अच्छामीका अनुसार घाईते दुवैलाई चितुवाले हात, खुट्टा र ढाँडामा गहिरो चोट लागाएको छ ।
चितवाले आक्रमण गर्न थालेपछि दुवैजना चिच्याउदै प्रतिकारमा उत्रिएका थिए । हत्या गरिएको चितुवा १ बर्षको मात्र अनुमान गरिएको छ । चितुवाको लम्बाई ६ फिट सव डिभिजन बन कार्यालय ठाँटीपोखरीले जनाएको छ ।


