मुम्बई – बलिउड अभिनेत्री भूमि पेडनेकर प्रायः चर्चामा आइरहने नाम हो । दम लगाके हईशा, ट्वाइलेट एक प्रेम कथा, पति पत्नी और वो जस्ता चलचित्रहरुमार्फत भूमिले प्रायः देसी गर्लको भूमिकालाई सार्थक बनाउँदै आएकी छिन् । उनलाई चलचित्रको भूमिकामा ग्ल्यामर अवतार कम मात्र देख्न पाइन्छ ।
तर सोसल मिडियामा भुमिको त्यस्तो रुप देख्न पाइएको छ, जुन उनका चलचित्रहरुमा देख्न पाइँदैन । भूमि पेडनृकरले पनि इन्स्टाग्राममा आफ्नो हट तस्वीर पोस्ट गर्न थालेकी छिन् । भर्खरै उनको ग्ल्यामर रुप सोसल मिडियामार्फत देखिएको छ ।
यद्यपि भूमिको यो लुक र ड्रेसको तुलना अभिनेत्री प्रियंका चोपडासंग गर्न थालिएको छ । प्रियंकाले केहि दिन अगाडि मात्र यस्तै ग्ल्यारस अवतार सोसल मिडियामार्फत देखाएकी थिइन् । भूमिको यो फोटोले करिव २४ घण्टा भित्र सवा तीन लाख भन्दा पनि धेरै लाइकहरु प्राप्त भएको छ भने धेरैले उनको यो अवतारको प्रसंशा पनि गरेका छन् ।




















