फुरी जी शेर्पा– काठमाडौंबाट एभरेष्ट बेस क्याम्पका लागि लुक्ला जाने उडानहरु पूर्ण रुपले बन्द गरियो । त्यो यस्तो बेला थियो, जब सगरमाथा आरोहणको सिजन सुरु हुनै लागेको थियो । एक–दुई दिनमा नै सरकारले अनुमति दिन थाल्नेवाला थियो । तीन हप्ताका लागि नेपालमा लकडाउनको घोषणा गरियो र सबै पर्वतारोहणमा रोक लगाइयो । त्यसमा सगरमाथाको आरोहण पनि थियो ।
नेपालमा यस्तो पहिलो पटक भएको थियो । पहिलो पटक थियो, जब देशमा एक जना पनि विदेशी पर्यटक छैनन् । यद्यपि, भूकम्पको क्रममा समेत यहाँ विदेशीहरु थिए । थुप्रै विदेशीहरु यहाँ पुनःर्स्थापनाका लागि सहयोग गर्न आएका थिए । यतिबेला एभरेष्ट बेस क्याम्प पुरै खाली छ । यो वर्षको सगरमाथा आरोहणको सीजन नै सुरु हुन पाएन ।
अघिल्लो वर्ष मे महिनाको अन्त्यमा सीजन समाप्त हुने बेलामा पर्वतारोही, शेर्पा तथा ग्राउण्ड स्टारहरु फर्किसकेका थिए । जून महिनामा वसन्त ऋतु समाप्त हुने बित्तिकै हिउँ पग्लिन थाल्छ र चिप्लो बाटोमा आरोहण खतरनाक हुन पुग्छ । यहाँ सरकारले आरोहणका लागि ७५ दिनको अनुमति दिन्छ । नेपाल सरकारले अलग–अलग पर्वतहरुमा आरोहणका शौखिनहरुबाट हरेक वर्ष आफ्नो जीडीपीको ४ प्रतिशत रेभेन्यू पाउँछ ।
यो वर्ष, अर्थात सन् २०२० मा दुई मिलियन अर्थात २० लाख पर्यटकहरु भित्राउने सरकारको लक्ष्य थियो । अहिले के अनुमान लगाइएको छ भने कोरोनाका कारण पर्यटन क्षेत्रले १ सय ५० बिलियन नेपाली रुपैयाँको हानी व्यहोर्नु पर्नेछ । जसमा एयरलाइन, होटल, ट्राभल, ट्रेकिङ, एक्सपीडिशन तथा खानपिन सबै कुराहरु समावेश छन् । यतिमात्र होइन, लकडाउनका कारण ११ लाख मानिसहरुको जागिर पनि खतरामा छ ।
तीनमा ती शेर्पाहरु पनि समावेश छन्, जो वर्षभरी ती ७५ दिनको प्रतिक्षा गर्दछन्, जब उनीहरु गाइडको रुपमा विदेशीहरुसंग सगरमाथाको आरोहण गर्छन् र वर्षभरीका लागि पैसा जुटाउँछन् । यसपटक पनि अप्रिल महिनादेखि प्रारम्भ हुने सीजनको तयारी पुरा भैसकेको थियो । बेस क्याम्पको सबैभन्दा नजिक जुन शेर्पा गाउँ छ, त्यसको दुरी २० किलोमिटरको नजिक छ । नाम हो खानीखोला ।
तल्लो सगरमाथा क्षेत्रको उक्त गाउँबाट बेस क्याम्प पुग्न सामान्यतया ६–७ घण्टा लाग्छ, तर शेर्पाहरुका लागि यो कम्तिमा ३ देखि ४ घण्टाको काम हो आङ्दावा शेर्पा र उनकी श्रीमती पासाङ फुटी शेर्पा यही गाउँमा आफ्ना दुई सन्तानसंग बस्दछन् । गाउँमा खेतीपाती गर्दै शेर्पाहरु । आङ्दावाले ९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । जबकि उनकी श्रीमतीले अघिल्लो वर्ष पहिलो पटक सगरमाथाको आरोहण गरेकी थिइन् ।
यो वर्ष पनि दुबै सगरमाथा आरोहण गर्नेवाला थिए, थुप्रै विदेशी पर्यटकहरुसंग कुराकानी पनि भैरहेको थियो । तर, अब उनीहरु आफ्नो गाउँ फर्किइसकेका छन् । सरकारले कोरोनाका कारण जब सबै आरोहणहरुमा रोक लगाउने निर्णय गर्यो, तब उनीहरुले खेतीपाती गर्ने निर्णय गरेका छन् । उनीहरुले बारीमा कीवी उमारेका छन् । गाउँका अधिकांश शेर्पाहरु पनि यतिबेला खेतीपातीमा व्यस्त भएका छन् ।
पासाङका अनुसार उनीहरुले धेरै नै तयारी गरिसकेका थिए, तर अचानक सबै कुरा रद्द भयो । यो वर्ष ३ हजारभन्दा बढी शेर्पाहरु एकै पटक वेरोजगार भए । यही अवस्था थामे, फोर्चे जस्ता शेर्पाहरुका अन्य गाउँहरुको पनि छ । १५ मार्चमै सरकारले यसपटक कही पनि पर्वतारोहण हुँदैन भनेर घोषणा गरेको थियो । यसअघि सन् २०१४ मा खुम्बू आइसफल नजिकै आएको हिमआँधीपछि सगरमाथा आरोहण बन्द गरिएको थियो । उक्त घटनामा १४ जना शेर्पाहरुको निधन भएको थियो ।
त्यसो त, त्यो बेला नेपालका अन्य हिमालमा भने आरोहण जारी नै थियो । सगरमाथाबाट हुने कमाइको आँकडा यस्तो छ :
-हरेक वर्ष ४५ वटा समुह आरोहणका लागि जान्छन्, जसको खर्च प्रति व्यक्ति ११ हजार डलर हुन्छ ।
-हरेक समुहमा १५ देखि २० जना व्यक्तिहरु हुन्छन् ।
-प्रत्येक वर्ष करिव ६ सय पर्वतारोहीहरुले सगरमाथा आरोहण गर्छन् ।
नेपालको जनसंख्या तीन करोड छ र यहाँ कोरोनाका १६ पोजेटिभ केसहरु भेटिएका छन् । जबकि यो महामारीका कारण अहिलेसम्म कसैको पनि निधन भएको छैन । १६ मध्ये एक जनाको उपचार भएर घर फर्किसकेका छन् र उनको रिपोर्ट नेगेटिभ आएको छ । जो पोजेटिभ बिरामीहरु छन्, उनीहरु काठमाडौं तथा पश्चिम नेपालमा छन् । तीमध्ये अधिकांश ती व्यक्तिहरु छन्, जो फ्रान्स, वेल्जियम तथा अरब देशहरुबाट फर्किएका छन् ।
(एउटा प्रतिष्ठिन भारतीय अनलाईनमा प्रकाशित सामग्रीबाट अनुवादित)


