गोरखा समाचारदाता
नवलपुर – नारायणी नदीमा डुङ्गा पल्टीदा १ जना महिला वेपत्ता भएकी छिन् ।
बिहीबार नवलपुर जिल्लामा पर्ने नारायणी नदीमा डुङ्गा पल्टीदा डुङ्गामा सवार मध्ये १ महिला वेपत्ता भएकी हुन् ।
मध्बिन्दु नगरपालिका २ मध्यवर्तीको पुरानो मसानघाटको नन्दपुरमा रहेको नारायणी नदीमा सवार डुङ्गा पल्टीदा मध्यबिन्दु नगरपालिका २ को गैरी टोल निवासी १४ बर्षिया कञ्चना महतोको वेपत्ता भएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।
दिउसो ४ः३० बजे भएको उत्त घटनामा परी डुङ्गामा सवार अन्य ३ जना भने नदी पार गरी सकुशल किनारमा आएको नन्दपुरका स्थानियले जानकारी दिएका छन् ।
घटना लगत्तै प्रहरीले वेपत्ता महिलाको खोजी जारी राखेको छ ।




















