गोरखा समाचारदाता
गोरखा – सरकारले तेस्रो पटक लकडाउन गरे संगै मजदुरलाई खुवाउने देखी गाउँ गाउँको बाटो अवरोध गर्नेहरु बढेका छन् ।
दैनिक रुपमा ज्याला मजदुरी गर्नेहरु जिल्ला बाहिरीदा समस्यामा परेको भन्दै उनीहरुलाई खाजा खुवाउने र गाउँमा नयाँ मानिसहरुको चहल पहल बढेको भन्दै बाटो अवरोध गर्नेहरु बढेका हुन् ।
सिरानचोक ६ को बाँसपुर टोलका स्थानियले पनि केही दिन यता देखी नयाँ मानिसहरुको आवतजावत बढेको भन्दै गाउँमा प्रवेश गर्ने सबै बाटोमा अवरोध सिर्जना गरिएको बाँसपुर प्रति कार्य समूहका अध्यक्ष प्रेम गुरुङ्गले बताए । ‘गाउँले चिन्नै गारो भएका मानिस बोका खशी खोज्न आएको भन्दै गाउँ आउने कोही काफल खान आएको भन्दै मोटरसाईल लिएर गाउँ प्रवेश गर्न थाले पछि बाध्य भएर अवरोध गरिएको’ अध्यक्ष गुरुङ्गले बताए ।
नोबल कोराना भाइरस (कोडिभ–१९) को संक्रमण बढ्न सक्ने भन्दै सिरानचोक गाउँपालिकाको प्रत्येक गाउँ बस्तीमा अहिले बाटो अवरोध गर्ने क्रम बढेको छ । बिहीबार स्थानिय गाउँलेहरुले देखी बाँसपुरका स्थानियले सानुटार देखी बाँसपुर हुदै गैरा गाउँ, नामरुङथान जाने मोटरबाटो र खैरेनी बन हुदै हनुमान प्रावि, नयाँसाँघु प्रहरी चौकी देखी बाँसपुर सम्मको बाटो बन्द गरिएको छ ।
उत्त क्षेत्रमा अहिले जंगलभरी काफल पाकेको छ ।
चोरकाटेमा मजदुरलाई खाजा खुवाउन थालियो
कोरोना भाइरसका कारण त्रसित मजदुर तथा अन्य मानिस गोरखाबाट बाहिरीने र गोरखा जिल्ला भित्रने क्रम जारी रहेको छ ।
जिल्लामा कार्यरत मजदुर बाहिरीने क्रममा उनीहरुलाई समस्या भएको भन्दै बिहीबार देखी चोरकाटेका स्थानियले खाजा र पानीको ब्यवस्था गरेको छ ।
जिल्लाबाट बाहिरने क्रममा चोरकाटे बजार हुदै जाने जो कोही मजदुरलाई एक बोतल पानी र एक पाकेट बिस्कुट बितरण गर्न थालिएको स्थानिय दिलिप श्रेष्ठले बताए । ‘गर्मि बढेको र जहाँ पायो त्यही पानी तथा खाजा खान समस्या हुने भए पछि स्थानियले पानी र खाजाको रुपमा विस्कुट वितरण गर्न थालेको’ श्रेष्ठले बताए ।
बिहीबार मात्रै स्थानियले दाङ र रौतहट जाने १०० जनालाई पानी र बिस्कुट बितरण गरेका थिए । घर जान निस्किएका मजदुरहरुले ठेकेदारले वास्ता नगरे पछि घर जान लागेको बताएका थिए ।
उनीहरुल घ्याम्पेशाल, आरर्खेत र थालाजुङ्ग देखी आफ्नो घर जानका लागि पैदल यात्रा गर्दै थिए ।





