एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले लकडाउनमा रहेका केही राज्यहरु अप्रिल मै खुला हुने उनले बताएका हुन् ।
ट्रम्प प्रशासनले आउँदो मे १ मा लकडाउन अन्त्य गर्ने तयारी गरेपनि केही राज्यहरु त्यो भन्दा अघि नै खुल्न सक्ने उनले बताएका हुन ।
३२ लाखभन्दा बढी अमेरिकीले कोरोना भाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरिएको पनि राष्ट्रपति ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गर्ने जानकारी समेत दिए ।
अमेरिकामा कोरोनावाट २८ हजार ५ सय २९ को ज्यान गएको छ । हिजो एकै दिन अमेरिकामा २ हजार ५ सय भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ ।


