काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले सरकारसंग आज एउटा जोडदार माग राखेकी छिन् । लकडाउनको अवधि बढाइएपछि काठमाडौं तथा अन्य शहरहरुबाट लामो पैदल यात्रा गर्दै आ–आफ्नो गाउँतर्फ जान बाध्य भएकाहरुको पक्षमा करिश्माले फेसबुकमार्फत सरकारसंग माग राखेकी हुन् । करिश्माले बुधवार साँझ एउटा स्टाटस लेख्दै उक्त माग राखेकी हुन् । करिश्माले भवानी प्रसाद खरेलको तस्बिरसहितको स्टाटसलाई शेयर गर्दै लेखेकी छिन्
‘लकडाउन भएको यत्रो समय भैसक्यो । समस्यासंग अवगत हुँदा हुँदै किन अझैसम्म व्यवस्था मिलाउन सकिरहेको छैन सरकारले ! यातायात पुरै रूपमा नखोले पनि हरेक नगरपालिकाले स्थानीय तहमै विषेश पहल गरि पुर्याउने साधनको व्यवस्था मिलाउनु पर्यो । हदसम्म भए एउटा नगरपालिकामा केही सय यो अवस्थामा भएका नागरिक हुनुहुन्छ होला । धेरै योजना बनाउने भन्दा पनि आवश्यक काम अत्यन्तै जरुरी ठाउँमा हुनु पर्यो । आफ्नो ठाउँ पुगे ढिंडो, पिठो खाएर नि बाँच्छ्न !’
करिश्माको आग्रह सडकमा पैदय लात्रा गरेर आफ्नो घरतर्फ गैरहेका व्यक्तिलाई सम्बन्धित स्थानिय निकयाले सवारी साधनको व्यवस्था गर्नु पर्ने रहेको छ करिश्माले आफ्नो गाउँ अथवा घर पुग्दा खाने र बस्ने समस्या नहुने भएकाले सररकाले यसतर्फ समयमै सोच्न आग्रह गरेकी हुन् ।


