काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आतंकित पारिरहेको बेला कलाकारहरुले आफ्नो ठाउँबाट जनचेतना जगाउने कार्यलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा गायिक बुनु श्रेष्ठले ‘सुखद समाचार…’ शीर्षकको गीत गाएकी छिन् । जसको भिडियो केही दिन सार्वजनिक भएको छ ।
यही क्रममा भूपेन्द्र रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको ‘सुखद समाचार’ बोलको सार्वजनिक भएको छ । गीतमा गायिका बुनु श्रेष्ठको स्वर छ । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा वीरेन्द्र भाट विपिनको सम्पादन छ ।
गीतले कोरोना महामारीका समयमा सबै परिवार एकै ठाउमा बस्नुपर्नेमा बिरानो देशमा बिरानो भई आफ्नो देश सम्झेर बस्नु परेको र जस्तोसुकै भएपनि आफ्नै देशमा गएर मर्न पाए ढुक्क हुने भाव पोखिएको छ । यस्तो विपतलाई जितेर सबै हाँसीखुशी गरी बाँच्न पाउन र नयाँ वर्षमा सबैमा खुशियाली छाओस् भन्ने भावना गीतमा समेटिएको छ ।


