गोरखा समाचारदाता
गुल्मी – गुल्मीमा बुधबार परेको पानी सँगै आएको बाढीले पक्की पुल भत्काईदिएको छ ।
जिल्लाको बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको हो ।
बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक भत्किएको छ ।
गत बर्ष अबिरल वर्षाका कारण ढलानकै क्रममा भत्किएको पुलको पुनःनिर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा ठुलो बाढी आए पछि निर्माण भई रहेको पुललाई क्षेति पुरयाएको हो ।
सङ्घीय सरकारको ५ करोड १७ लाख लागतमा प्राविधिक कार्यालय गुल्मीले गरेको ठेक्का परे पछि वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पुलको काम गर्दै आएको थियो ।
बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ ।
त्यसैगरी छल्दी खोलामा आएको बाढीले इस्मा गाउँपालिका र धुर्कोट गाउँपाालिका अन्तर्गत चौरासी–धुर्कोट जोडने पक्की पुल पनि उच्च जोखिममा पहेको छ ।
गुल्मीकै निस्ती खोलामा आएको बाढीले चण्डेश्वरी हेभी इक्युपमेण्ट कन्स्ट्रक्सनको ट्याक्टर समेत बगाएको छ ।


