गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना संक्रमित भएका मध्ये बिहीबार बिहान ७ बजे सम्म १ लाख ३४ हजार ६०३ को ज्यान गएको छ । विश्वभर संंक्रमितको संख्या २० लाख ८३ हजार नाघेको छ । संक्रमित भएका मध्ये अहिले सम्म ५ लाख १० हजार १८७ जना मानिस सफल उपचार पछि घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५२९ जनाले ज्यान गुमाएई सकेका छन् । त्यहाँ संक्रमित भएकामध्ये ४८ हजार ७०१ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २१ हजार ६४५ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ६५ हजार १५५ जना संक्रमित भएका छन् । ती मध्ये ३८ हजार ९२ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।
संक्रमणबाट स्पेनमा १८ हजार ८१२ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख ८० हजार ६५९ जना संक्रमित भएका छन् ।
संक्रमणबाट फ्रान्समा १७ हजार १६७ र बेलायतमा १२ हजार ८६८ जनाको ज्यान गएको छ ।
त्यसैगरी जर्मनीमा ३ हजार ८०४, नेदरल्याण्डमा ३ हजार १३४, बेल्जियममा ४ हजार ४४० र इरानमा कोरोना संक्रमणबाट ४ हजार ७७७ जनाको ज्यान गएको छ ।


