कोरोना भाइरसका बारेमा हरेक दिन नयाँ-नयाँ कुराहरु बाहिर आइरहेका छन् । कोरोना भाइरस चमेरोमा पाइन्छ भन्ने कुरा पक्का भैसकेको छ । तर, अहिलेसम्म यो भाइरस कुन जीवबाट मानिसमा फैलिएको हो भने बारेमा कुनै तथ्य प्राप्त भएको छैन । यसैबीच, अहिले एउटा नयाँ अध्ययन अनुसार कोरोना भाइरस चमेरोबाट कुकुरमा फैलियो र कुकुररबाट मानिसमा । यो नयाँ अध्ययनमा अन्य कुराहरु पनि पत्ता लागेको दावी गरिएको छ, जुन यस प्रकार छ ।
कोरोना भाइरस (कोभिड–१९) अर्थात सार्स कोभिड–२ जस्तै पहिला पनि दुईवटा अन्य कोरोना भाइरसले मानिसलाई आफ्नो शिकार बनाएको थियो । जसको नाम सार्स-कोभिड र मार्स-कोभिड थियो । त्यो भाइरस पनि चमेरोबाट फैलिएको थियो र अन्य जनावर हुँदै मानिसमा पुगेको थियो । सार्स-कोभिड भाइरस चमेरोभन्दा पनि सानो जीव सिवेट्सबाट मानिससम्म पुगेको थियो । त्यस्तै मार्स-कोभिड भाइरस चमेरोबाट उँटको माध्यमबाट मानिसमा फैलिएको थियो ।
अहिलेको यो नयाँ अध्ययनका अनुसार भाइरस धेरै पटक त्यस्ता जीवहरुको माध्यमबाट मानिसलाई आफ्नो शिकार बनाउने गर्छ, जुन जीवहरु हाम्रै वरपर रहने गर्छन् । सार्स-कोभिड-२ अर्थात कोभिड-१९ चमेरोबाट चिडियाखानामा हुने जीव प्यागोलिनमा फैलिएको थियो । त्यसपछि प्यागोलिनबाट मानिसमा प्रवेश गरेको थियो भन्ने कुरा फेब्रुअरीमा भएको प्रारम्भिक अध्ययनमा वैज्ञानिकले बताएका थिए ।
तर केही वैज्ञानिकहरु यस कुरामा सहमत थिएनन् । क्यानाडाको ओटाभा यूनिभर्सिटीमा बायोलोजी प्रोफेसर जुहुआ जियाले आफ्नो तर्फबाट कोरोना भाइरसको संक्रमणमा अध्ययन शुरु गरेका थिए । अप्रिलमा उनको उक्त विश्लेषण मलीक्यूलर बायोलोजी एन्ड एभोल्यूशनमा प्रकाशित भएको थियो । यस विश्लेषणमा प्रो.जुहुआ जियाले कोरोना भाइरस चमेराबाट निस्केर कुकुरहुँदै मानिससम्म पुगेको कुरा बताएका छन् ।
जियाले आफ्नो विश्लेषणमा मानिसमा एउटा त्यस्तो प्रोटीन हुन्छ, जसलाई जिंक फिंगर एन्टीभाइरल प्रोटीन ज्याप भनिन्छ । ज्यापले जब कोरोना भाइरसको जेनेटिक कोड साइट सिपीजीलाई देख्छ, तब त्यसमा हमला गर्छ । भाइरस त्यसमा नै विकसित हुन्छ र मानिसको शरीरमा समावेश कमजोर कोशिकाहरु खोज्न थाल्छ । जियाले जेनेटिक कोड साइट सिपीजी, जेटएपी समेत अन्य विभिन्न जेनेटिकल मलीक्यूल्सहरु अध्ययन गरेका छन् ।
त्यहि आधारमा कुकुरमा ज्याप कमजोर हुन्छ भन्ने कुरा बताएका छन् । त्यो कोरोना भाइरसको सीपीजी साइटसंग लड्न सक्दैन । जसका कारण कुकुरका आन्द्रामा त्यो भाइरसले आफ्नो घर निर्माण गर्छ । कुकुरको माध्ययमबाट त्यो मानिससम्म पुग्छ । चीनमा कुकुर जस्ता विभिन्न प्रकारको जनावार खाइन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर, सन् फ्रान्सिस्को स्टेट यूनिभर्सिटीका प्रोफेसर लिउनी पेनिंग्स भन्छन् -‘यो सिद्धान्त र जेनेटिक डेटा एकअर्कालाई सपोर्ट गर्दैन । म यसलाई मान्दिन ।’




















