गोरखा समाचारदाता
गोरखा – आरुघाटका दुवै जनाको कोरोना नेगेटिभ आएको छ । मंगलबार आरुघाट गाउँपालिकामा गएिको रयापिड डायग्नोस्टिक टेष्ट (आरडिपी) मा १ जनाको पोजेटिभ र १ जनाको संकास्पद देखिए पछि स्वाभ परिक्षणका लागि पोखरा पठाईएको थियो । परिक्षणमा दुवै जनाको नेगेटिभ आएको हो ।
दुवै जनाको स्वाभ हिजो नै पोखरा लगिएकोमा आज दुवैको नेगेटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसयन अधिकृत नारायण अर्यालले बताए । ‘यो एन्टी बडी जाँच हो । यो पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने’ अधिकृत अर्यालले बताए ।
चैत्र १ गते पछि भातर तथा अन्य देशबाट जिल्ला प्रवेश गरेकाहरुको रयापिड डायग्नोस्टिक टेष्ट सुरु भएको छ । आईतबारबाट सुरु भएको उत्त टेष्ट जिल्लाको ९ गाउँपालिका र २ नगरपालिकामा बैशाख ८ गते सम्म सम्पन्न गर्ने गरी काम भई रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार चैत्र १ गते देखी यता ३१४ जना जिल्लामा प्रवेश गरेका छन ।


