गोरखा समाचारदाता
दमौली – नदीले बगाएकी महिलाको उपचारको क्रममा ज्यान गएको छ ।
सेती नदी तरेर भ्याग्दे जाने क्रममा नदीले बगाएको १ महिलाको उपचारको क्रममा ज्यान गएको हो ।
तनहुँको भिमाद नगरपालिका ५ को बाँदरकुनाबाट सेती नदी तरेर म्याग्दे गाउँपालिका तर्फ घाँस काट्न जादै गरेकी ३५ बर्षिया पञ्चमायाँ गुरुङ र ६५ बर्षिय खड्कमान गुरुङलाई सेती नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दमौलीले जानकारी दिएको छ ।
घटना लगत्तै दुवैलाई प्रहरीले उद्वार गरी बेलचौतारामा रहेको सेती गंगा अस्पतालमा उपचार हुदाहुदै पञ्चमायाँको ज्यान गएको हो । नदीले बगाएका खडकमानको भने अवस्था सामान्य रहेको बेलचौतारा प्रहरीले जनाएको छ ।


