गोरखा समाचारदाता
काठमाण्डौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार नजिक पुगेको छ भने २० लाख भन्दा बढी संक्रमित भएका छन् । ४ लाख ८४ हजार ७ सयभन्दा बढी संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
यो रोगका कारढा सबैभन्दा बढी प्रभावित अमेरिकामा भएको छ । अमेरिकामा मात्रै संक्रमीतहरुको संख्या ६ लाख १४ हजार २ सय नाघेको छ भने २६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमित भएकामध्ये ३८ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २१ हजार ६७ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ६२ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ३७ हजार १ सयभन्दा बढी उपचारपछि स्वस्थ भएका छन् ।
संक्रमणबाट स्पेनमा १८ हजार २५५ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट फ्रान्समा १५ हजार ७२९ र बेलायतमा १२ हजार १०७ जनाको ज्यान गएको छ ।
त्यसैगरी जर्मनीमा ३ हजार ४९५, नेदरल्याण्डमा २ हजार ९४५ र बेल्जियममा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ६८३ जनाको ज्यान गएको छ ।


