गोरखा समाचारदाता
गोरखा – युएनडिपीले गोरखाको स्थानिय निकायलाई थर्मल गन वितरण गरेको छ ।
नेपालमा पनि नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमण देखिन थाले पछि युएडिपीले गोरखाको स्थानिय निकायलाई निशुल्क थर्मल गन उपलब्ध गराएको हो ।
कोरोनाको भाइरसको सम्भावित संक्रमणबाट जोखिम बढ्न नदिन भन्दै जिल्लाका ८ स्थानीयतहलाई ७९ वटा थर्मल गन (ज्वरो नाप्ने उपकरण) हस्तान्तरण गरेको नेपाल आवास पुनःर्निर्माण परियोजना गोरखाका सूचना अधिकारी तारा ढकालले बताईन ।
युएनडीपिले गोरखाको गोरखा र पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट, शहिद लखन र अजिरकोट गाउँपालिका सहित ८ वटा पालिकालाई थर्मल गन हस्तान्तरण गरेको संयोजक राम सापकोटाले बताए ।
हस्तान्तरण गरिएका मध्ये गोरखा नगरपालिका १६ थान, पालुङटार नगरपालिका १२ थान, शहिद लखन गाउँपालिका १० थान, आरुघाट गाउँपालिका १० थान, गण्डकी गाउँपालिका ९ थान, धार्चे गाउँपालिका ८ थान, सिरानचोक गाउँपालिका ८ थान र अजिरकोट गाउँपालिकालाई ६ थान थर्मल गन उपलब्ध गराइएको नेपाल आवास पुनःर्निर्माण परियोजना गोरखाको कार्यालयले जनाएको छ ।
संक्रमण बढे संगै जिल्लाको सबै पालिकाले थर्मल गन खरिदका लागि पहल गरेको भएता पनि खरिद गर्न पाएका थिएनन् । युएनडिपीले थर्मल गन उपलब्ध गराएको भन्दै सबै पालिकाका प्रमुखहरुले खुशी ब्यत्त गरेका छन ।



