भाइरसभन्दा यशु ठूलो भन्ने धर्मगुरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको आइतबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् । कोरोना भाइरसले विश्व महामारीको रुप लिनुअघि ग्लेनले २२ मार्चमा भक्तजनलाई भाइरस भन्दा यशु ठूलो भन्दै प्रवचन दिएका थिए।
उनले आफुलाई मर्ने डर नभएको भन्दै यशुले बचाउने बताएका थिए । कोरोना भाइरसबाट यशुले बचाउने प्रवचन दिएका धर्मगुरुको नै कोरोनाबाट मृत्यु भएको खबरले अहिले निकै चर्चा पाएको छ। चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ ।


