गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लकडाउनको अवधी १२ दिन बढाउने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि जारी लकडाउनको म्याद सरकारले तेस्रोपटक थप गर्ने निर्णय गरेको हो ।
दोस्रोपटक थपिएको लकडाउनको समय बुधबार सकिँदै थियो ।
शुरुमा एक साताका लागि लकडाउन घोषणा गरेपनि संक्रमित भेटिने क्रम बढेपछि सरकारले बढाउँदै लगेको हो ।
त्यस्तै मन्त्रीपरिषद बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय हवाइ उडान स्थगितको समय पनि बैशाख १८ गतेसम्मका लागि थप गरिएको छ ।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।
आजै मात्रै भारतले पनि १९ दिनका लागि लकडाउनको म्याद बढाउने निर्णय गरेको थियो ।




















