एजेन्सी – भारतमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन ३ सातासम्मका लागि लम्बिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) देशवासीलाई सम्बोधन गर्दै लकडाउन लम्बिएको जानकारी दिएका हुन् ।
पहिलो पटक ३ साताका लागि घोषणा गरिएको लकडाउनको मिति भोलि (बुधबार) सकिन लागेपछि प्रधानमन्त्री त्यसलाई आउदो मे ३ सम्मका लागि लम्ब्याएका हुन् ।
भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय नाघेको छ भने ३ सय ५८ जनाको ज्यान गइसकेको छ ।


