गोरखा समाचारदाता
काठमाण्डौं – काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
र्यापिड टेस्ट मार्फत कोरोना पोजिटिभ देखिएका ३ जनामध्ये दुई जनाको पीसीआर मार्फत पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३ जना मध्ये १ जनाको रिपोर्ट भने आउन बाँकी छ ।
अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखाएको थियो ।
परिवारका तीनजनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
उनीहरु चैत्र ५ गते लण्डनवाट फर्किएको बताइएको छ ।
३ जनालाई संक्रमणको आशंका गरेपछि अपार्टमेन्ट सिल गरिएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ ।


