भारतमा कोरोना भाइरसविरुद्धको लडाईंमा अभिनेता शाहरुख खानले विभिन्न किसिमको सहयोग गरिरहेका छन् । यदि अहिले भर्खर उनले गरेको सहयोगको कुरा गर्ने हो भने उनले महाराष्ट्र सरकारलाई २५ सय पर्सनल प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) किट्स उपलब्ध गराएका छन् ।
जसले प्रदेश भरीको मेडिकल टीम सुरक्षित हुन सकून भन्ने शाहरुखले चाहेका छन् । यो योगदानका लागि महाराष्ट्र सरकारका लोक स्वास्थ्य र परिवार कल्याण मन्त्रि राजेश टोपेले उनलाई धन्यवाद दिएका छन् ।
टोपेले लेखेका छन्- ‘२५००० पीपीई किट्सको योगदान दिनका लागि तपाईंलाई धेरै-धेरै धन्यवाद मिस्टर शाहरुख खान । यसले कोरोनाभाइरसको विरुद्धको लडाई र फ्रन्टलाईन मेडिकल टीमको सुरक्षामा धेरै सहयोग प्राप्त हुन्छ ।’
त्यसको जवाफमा शाहरुख खानले लेखेका छन् -‘हामी सबैको प्रयास आफ्नो र सम्पूर्ण मानवताको रक्षा गर्न सकौं भन्नै हो । सेवाको लागि खुशी छु । तपाईंको परिवार र टीम सुरक्षित र स्वस्थ रहनुहोस् ।’


