गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकामा बसोबास गर्ने ३१ जनाको नोबल कोरोना भाइरसको रिर्पोट नेगेटिभ आएको छ ।
गोरखा अस्पतालमा आईतबार र सोमबार गराईएको आरडिपी टेस्टमा उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।
चैत्र १ गते पछि विदेशबाट जिल्ला प्रवेश गरेका मध्ये गोरखा नगरपालिका भित्रका त्यस्ता ब्यत्तिहरुमा रयापिड डायग्नोस्टिक टेष्ट सुरु भएको छ । आईतबार विदेशबाट आएका २८ जना र सोमबार अन्य जिल्लाबाट आएको ३ जनाको टेष्ट गर्दा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसयन अधिकृत नारायण अर्यालले बताए ।
गोरखा नगरपालिकाको रेकर्ड अनुसार चैत्र १ गते यता जिल्लामा ४१ जना प्रवेश गरी होम क्वारेन्टाइन्मा बसीरहेका छन् । उनीहरु सबैको रक्त संकलन गरी एन्टी बडी जाँच गर्ने हो । अहिले रिर्पोटमा पोजेटिभ आयो भने तत्कालै पिसीआर टेष्टका लागि राजधानी पठाउछौ र अनि मात्र रिर्पोट फाइलन गर्ने अधिकृत अर्यालले बताए ।
जिल्लाको ९ गाउँपालिका र २ नगरपालिकामा बैशाख ८ गते सम्म रयापिड डायग्नोस्टिक टेष्टको काम सम्पन्न गर्ने गरी काम भई रहेको छ ।
हिलो चरणमा गोरखा नगरपालिकाको काम भएको र आज (मंगलबार) भिमसेन थापा र आरुघाट गाउँपालिकामा टेष्ट सुरु गरिएको छ ।
त्यस्तै गरी ३ गते धार्चे, सिरानचोक र अजिरकोट गाउँपालिका, ४ गते पालुङटार नगरपालिका, ५ गते बारपाक सुलिकोट गाउँपालिका, ६ गते गण्डकी गाउँपालिका र ७ र ८ गते शहिद लखन गाउँपालिकामा आरडिपी टेष्टको थालनी गरिने स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार चैत्र १ गते देखी यता ३१४ जना जिल्लामा प्रवेश गरेका छन ।
यसै बिच प्रदेश सरकारले स्वास्थ्य कार्यालयका लागि ३५७ थान आरडिपी टेष्ट किड र २३ थान एन ९५ मास्क दिएको छ । गोरखा अस्पताललाई ५ थान पिपीई र ५०० थान सर्जिकल मास्क गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले हस्तान्तरण गरेका थिए ।


