गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको पेप्सीकोला टाउन प्लानिङस्थितमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।
स्रोतका अनुसार परिवारका सबैलाई कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि परिवारका ३ जनालाई नै पाटन अस्पतालमा भर्ना गरिएको हो । आजै उनीहरुको स्वाब परिक्षणका लागि पठाइएको छ।
लण्डन बस्दै आएको उनीहरु चैत ५ गते नेपाल आएका थिए । अहिले बिल्डिङलाई नै लकडाउन गरेर उच्च सतर्कता अपनाईको छ।
प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर बाहिन नस्किन आग्रह गरेको छ।




















