गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सांसद भए बापत पाउने १ वर्षको तलब सरकार र विपन्न वर्गलाई दिने घोषणा गरेका छन् ।
नयाँ वर्षको शुभकामना दिने क्रममा नेता श्रेष्ठले १ वर्षको मध्ये २ महिनाको कोभिड–१९ राहत कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
शुभकामना सन्देशमा नेता श्रेष्ठले पदप्रतिष्ठा, सत्ताशक्ति र धनसम्पत्तिको सुख क्षणिक हुने पनि बताएका छन् ।
उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग पनि गरेका थिए ।
उनले संसद विकास कोषमार्फत बाँडिने रकम कोभिड–१९ कोषमा हाल्न सरकारलाई अपिल समेत गरेका थिए ।
गोरखा जिल्ला जौबारी घर भएका श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।




















