गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप २ जनामा नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण देखिएको छ ।
कैलाली र रौतहटमा १/१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो ।
कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्र्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगि सकेको जनाएको छ । उनी गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनबाट घर गएकी थिइन ।
२ हप्तासम्म क्वारेन्टिनमा बसेकी उनको रयापिड डाइग्नोस्टिक टेष्ट किटबाट नेगेटिभ आएपछि उनी घर गएकी थिइन् । तर घर गएको ३ दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो ।
सोमबार नयाँ सङ्क्रमित पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ ।




















