नयाँ दिल्ली- चार वर्षीया अनाहिता हशमजादेहलाई विश्वकै सबैभन्दा सुन्दर बालिकाको रुपमा चिनिन्छ । उनकी अमा मरियमले सन् २०१८ मा इन्स्टाग्राममा उनको पहिलो तस्बिर शेयर गरेकी थिइन् । त्यसपछि नै अनाहिताका तस्बिरहरु भाइरल हुन थालेका थिए । इन्स्टाग्राममा उनको नामबाट थुप्रै एकाउन्टहरु खुलेका छन् । उनको अफिसियल एकान्टमा भने ९ लाख ८४ हजारभन्दा बढी फलोअरहरु छन् ।
सोशल मिडियामा नक्कली दावी गर्ने मानिसहरुले यी बालिकालाई समेत छोडेनन् र अनाहितालाई कोरोना भायरसबाट संक्रमित भएको सन्देश भाइरल गरिदिए । उक्त सन्देश भाइरल हुने बित्तिकै अनाहिताको इन्स्टाग्राम एकाउन्टमा उनका प्रशंसकहरु चिन्तित हुँदै उनको स्वास्थ अवस्थाको बारेमा जानकारी लिन थाले ।
एक जना प्रशंसकले सोधेको प्रश्नमै उनकै आमा मरियमले जवाफ दिँदै उनको स्वास्थ्य अवस्था ठिक भएको लेखिन् । त्यसपछि उनले ती बालिकाको एउटा तस्बिर सार्वजनिक गर्दै उनी स्वस्थ र सुरक्षित रहेको उल्लेख गरिन् ।
इन्टरनेट सेन्सेशन कसरी बनिन् ?
वास्तवमा अनाहिता ईरानको सफहानमा बसोबास गर्छिन् । अति नै आकर्षक मुस्कान, नीला आँखा तथा सुन्दर मुहारका कारण उनलाई प्रशंसकहरुले विश्वकै सबैभन्दा क्यूट बालिका भन्छन् । १० जनवरी २०१६ मा उनको जन्म भएको थियो । सन् २०१८ मा उनकी आमा मरियमले पहिलो पटक उनको तस्बिर ईन्टरनेटमा राखेकी थिइन् ।
त्यसपछि उनले नियमित रुपमा आफ्नी छोरीका तस्बिर तथा भिडियोहरु इन्स्टाग्राममा शेयर गर्न थालिन् । तस्बिरमा आउने लाइक तथा कमेन्टहरुले नै उनलाई इन्टरनेट सेन्सेशन बनाइदिएको हो । पछिल्लो वर्ष लद्दाखबाट सांसद जामयाङ सेरिङ नामग्यालले आफ्नो आधिकारिक एकान्टबाट अनाहिताका भिडियोहरु शेयर गर्दै लेखेका थिए- ‘यो सबैभन्दा सुन्दर चीज हो, जसलाई मेले आज इन्टरनेटमा देखें ।’
थुप्रै इन्टरनेट प्रयोकर्ताले अनाहितालाई भारतीय अभिनेत्री प्रीति जिन्टासंग तुलना गर्छन् । उनीहरुले अनाहिताको मुस्कानलाई प्रीति जिन्टाको जस्तै मुस्कान भएको बताउँछन् । निष्कर्ष : छानविनपछि के पत्ता लागेको छ भने अनाहितालाई कोरोना भाइरस भएको दावी गलत सावित भएको छ ।




















