काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
उक्त रकम हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको हो ।
कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिला कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।
उक्त सहयोगको बिषयले सामाजिक संजालमा निकै चर्चा पाएको थियो ।



