काठमाडौं– आज नयाँ वर्ष २०७७ को पहिलो दिन । नयाँ वर्षको पहिलो दिनले सबैमा एक प्रकारको उत्साह प्रदान गर्छ । यद्यपि, यो वर्ष विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण नयाँ वर्षलाई कसैले पनि हर्षोउल्लासका साथ स्वागत गर्न पाएको छैन । घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्नु पर्ने स्थिति छ । नयाँ वर्षमा नयाँ संकल्प गर्ने चलन पुरानै हो । अधिकांश व्यक्तिहरुले यो नयाँ वर्षको अवसर पारेर केही न केही संकल्प गरेकै हुन्छन् । कलाकर्मी डटकमले केही कलाकारहरुलाई सम्पर्क गरेर उहाँहरुको नयाँ वर्षको संकल्पका बारेमा जान्न खोजेको छ । उहाँहरुको नयाँ वर्षको संकल्पहरु यस्ता छन् :
दीपकराज गिरी, अभिनेता
१. गाउँ फर्क अभियान गरेर आफ्नो बाँझो जग्गाका सदुपयोग गर्ने
२.चलचित्र निर्माण सम्भव नहोला, चलचित्र लेखनमा व्यस्त रहने
३. लकडाउनले भौतिकवादीबाट आध्यात्मवादतर्फ तानिरहेको छ, त्यसबारे विचार गर्ने
दीपिका प्रसाईं, अभिनेत्री
१. तौल घटाउने
२. काममा अझै फोकस्ड हुने
३. योगा, ध्यान, साधना गर्ने, सकारात्मकता पैदा गर्ने ।
जीतु नेपाल, अभिनेता
१. बिहान चाँडै उठ्ने र दुई घण्टा कसरत, ध्यान, योगा गर्ने ।
२. प्रत्येक दिन केही न केही लेख्ने ।
३. किताबहरु पढ्ने ।
सन्नी रौनियार, अभिनेत्री/गायिका
१. एउटा राम्रो सन्तुलित जीवन बाँच्ने
२. आफ्नो चाहना र मुटुलाई पछ्याउने
३. प्रार्थता र ध्यान गर्ने
रमेश उप्रेती, अभिनेता
१. कोरोन भाइरसको महामारीले स्वास्थ्य भन्दा ठूलो कुरा केही होइन भन्ने प्रमाणित गरेको छ । त्यसैले यो वर्षको मेरो पहिलो संकल्प राम्रो स्वास्थ्य बनाउनु नै हुनेछ ।
२. राम्रो स्वास्थ बनाउने क्रममा खानपिनमा अझै होशियार हुनेछु, व्यायाम तथा योगालाई निरन्तरता दिइरहने छु ।
३. सम्पूर्ण नेपालीहरुलाई म यहींबाट आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्दछु । किनभने स्वास्थ भन्दा ठूलो कुरा केही पनि होइन, केही पनि छैन भन्ने कुरा आज आएर हामीले राम्ररी बुझिसकेका छौं ।
रामकृष्ण ढकाल,गायक
१ कोरोना भाइरसको महामारी सकिएपछि पनि सधैंभरी यसप्रति सचेत रहने छु । दोहोरिए पुनः फैलिन सक्ने भएकाले यसप्रति सबैलाई सजग रहन समेत आग्रह गर्दछु ।
२. आफ्नो स्वास्थ्यप्रति अझ बढि सजक हुँदै दिनको केही घण्टा कठोर व्यायाम गर्नेछु । यसपटक शारीरिक रुपमा अनुभव हुने गरी नै व्यायाम गर्ने योजना छ ।
३. संगीतकर्मलाई निरन्तरता दिइ नै रहने छु । पछिल्लो पटक मैले गाएको ‘माया जदौ…’गीत स्रोताहरुले अत्यन्त रुचाउनु भएको छ । यही शैलीका गीतलाई यो वर्ष जोड दिने संकल्प लिएको छु ।
४. यो वर्षदेखि फोन ९मोबाइल० सकेसम्म कम चलाउने प्रयास गर्नेछु ।
देविका बन्दना, गायिका
१. संसारकै विषम परिस्थितिमा हामी सबै जना गुज्रिरहेका छौं । विश्वले यस संकटको घडीबाट मुक्ति पाओस्, मेरो संकल्प यही छ ।
२. मेरो सांगीतिक यात्रामा राम्रा–राम्रा गीतहरु दर्शक–स्रोतासामु ल्याउने संकल्प गर्छु ।
३. समाजसेवाको कार्यलाई यो वर्ष पनि निरन्तरता दिने छु । यसका साथै सम्पूर्णमा नयाँ वर्षको शुभकामना दिंदै हामी कोरोना संक्रमणको जोखिमबाट सबै जना सुरक्षित हुन पाउँ ।









