काठमाडौं– भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दो छ ।
भारत सरकारले संक्रमणलाई रोक्नका लागि लकडाउनलाई थप कडा मात्र गरेको छैन, लकडाउनको अवधि समेत थपेको छ ।
यसैबीच भारतमा लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अपनाइएका छन् ।
भरखरै सार्वजनिक भएको यो एउटा तस्बिर हरियाणाको करनाल जिल्लाको घरौंडा गाउँको हो ।
तस्बिरमा ती व्यक्ति यमराज बनेर मानिसहरुलाई लकडाउनलाई अनिवार्य रुपमा पालना गर्नका लागि यमराजकै शैलीमा आदेश दिइरहेका छन् ।




















