×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जो काठमाडाैँबाट ४ सय किलोमिटर हिँडेर घर पुगे

  •  
  • आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिउरा, भुजा र बिस्कुट खाएर हिँड्यौं, छोराछोरीको यादले हिँड्न बल आयो,’

    बर्दिया — अनुहार मलिन छ । थकान उस्तै । हिँड्ने जाँगर छैन तर अझै पनि घर पुग्न ५५ किलोमिटर पार गर्नुपर्नेछ । बर्दियाको पश्चिम सीमा राजापुर नगरपालिका–५ मनाउका चार युवा काठमाडौंबाट हिँडेरै शनिबार बिहान ११ बजे बढैयाताल मानखोला आइपुगे । भोक, निद्रा र थकानसँग लड्दै उनीहरू घर पुग्ने आसमा ७ दिनमा मनखोला आइपुगेका हुन्। नारायणघाट र बुटवलमा बास बस्दा मनकारीहरूले खाना खुवाएको उनीहरूले बताए। ‘अरू बेला चिउरा, भुजा र बिस्कुट खाएर हिँड्यौं, छोराछोरीको यादले हिँड्न बल आयो,’ मनाउका टीकाराम चौधरीले भने, ‘रातदिन नभनी राजमार्गमा हिँडिरह्यौं।’ राति पनि केहीबेर मात्रै आराम गरेर हिँडेको उनले बताए।

    उनीहरू मजदुरी गर्न काठमाडौं गएका थिए। लकडाउनपछि यातायातका साधन चल्न बन्द भएका कारण उनीहरू पैदलै फर्किएका हुन्। ‘लकडाउन भएपछि काठमाडौंजस्तो ठाउँमा कसरी बाँच्न सकिन्छ भनेर हिँडेरै घर पुग्ने निर्णय गरेका हौं,’ चौधरीले भने, ‘बाटोमा गाडी पाइएन। मुस्किलले यहाँसम्म आइपुग्यौं।’ उनीहरूलाई मानखोला चेकपोस्टमा ज्व’रो जाँ’च गरेर बर्दिया छिर्न दिइएको छ। शनिबार मात्रै गुलरिया हुलाकी सडक खण्ड भएर करिब दुई दर्जन बढी युवा घर फिर्ता भएका छन्। उनीहरू काठमाडौं, पोखराबाट घर फर्किएका हुन्।

    हरेक पालिकाको सीमामा खटिएका सुरक्षाकर्मीले नाम, ठेगाना लेखेर र स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेर जिल्ला प्रवेश गर्न दिएका हुन्। केही जिल्लामा फर्किएर जान भन्दै हप्की’दप्की गरिएको गुनासो उनीहरूले गरे। ‘कुनै–कुनै ठाउँमा जहाँबाट आयो, त्यहीं फर्केर जाऊ भन्दै ‘हपारे। पैदल आएकाले फर्किन गाह्रो छ भन्यौं। निकै अनुरोध गरेपछि बल्ल आउन पायौं,’ राजापुरका प्रकाश चौधरीले भने, ‘यस्तो विपद्का बेला परिवारसँग भेट हुन्छ भनेर खुसी छौं तर बाटोमा निकै सास्ती खेप्नुपर्‍यो।’

    गुलरियाका योगेश, माधव र वीरेन्द्र चौधरी पनि काठमाडौंबाट हिँडेरै घर फर्किएका छन्। पोखराबाट पैदल फर्किएका बढैयाताल गाउँपालिका जमुनीका राजु परियारले विभिन्न जिल्लाका नाकामा सास्ती खेप्नुपरेको गुनासो गरे। उनले गाउँ छलेर बाहिरबाहिर हिँड्दै फेरि राजमार्गमा निस्किएर हिँडेको बताए। ‘गाउँमा पस्नै नदिएपछि के गर्नु, कतिपय गाउँ छलेर यहाँसम्म आइपुगेका छौं,’ उनले भने, ‘लकडाउनका कारण निकै दु:ख खेप्नुपर्‍यो।’ उनका अनुसार पोखराबाट मानखोला आइपुग्न चार दिन, चार रात हिँड्नुपर्‍यो। उनीसँगै पोखराबाट तारातालका विनोद विक र गीता टमाटा पनि हिँडेरै घर फर्किएका छन्। घर पुग्नै लाग्दा उनीहरूको खुसीको सीमा छैन।

    ‘आज घर पुग्छु, त्यसैले खुसी लागेको छ,’ मधुवन नगरपालिका तारातालका बिनेखा विकले भने, ‘साँझ घर पुग्छु भनेर परिवारलाई मोबाइलबाट खबर गरेको छु।’ रामेछापको लिखु तामाकोसी–६, खिम्तीका दिनेश श्रेष्ठ काठमाडौंमा गाडी चलाउँथे। गाडी कुदाउँदा सडकमा हिँड्नेका सास्तीबारे उनलाई हेक्का हुँदैनथ्यो। कतिले हात दिन्थे, उनी वास्ता गर्दैनथे। जब दिउँसोको घाममा सडकमा हिँड्नुपर्‍यो, बल्ल उनलाई बटुवाको पीडा थाहा भयो। लकडाउनमा गाडी नचलेपछि उनी काठमाडौंदेखि रामेछाप हिँडेरै आएका छन्।

    काठमाडौंबाट तीन दिन हिँडेर शनिबार दिउँसो उनी रामेछापको सेलेघाट निस्किए। चर्को घाममा सेलेघाटको उकालो काटेर स्वामीको चौतारामा पुग्दा उनले लामो सुस्केरा हाले। ओखलढुंगाको खिकीकाती हिँडेका शान्तबहादुर र रामबहादुर तामाङको पीडा बेग्लै छ। राजधानीबाट दुई दिनमा उनीहरू रामेछापको सीमा सेलेघाट आइपुगे। झोलामा चाउचाउ र चिउरा बोकेर हिँडेका उनीहरूको बाटो आधा पनि भएको छैन।

    यी दाजुभाइ ओखलढुंगाबाट दुई महिनाअघि मजदुरी गर्न काठमाडौं छिरेका थिए। ‘सडक निर्माण कार्य बन्द भयो। ठेकेदार सम्पर्कमा आएनन्। २६ गते खुल्ला र जाउँला भनेको फेरि थपियो,’ शान्तबहादुरले भने, ‘पैसा सकिन लाग्दा काठमाडौंमा बाँचिंदैन भन्ने लागेर बाटो लागेका हौं।’ सेलेघाट हुँदै जाने यात्रु भोकै हिँडिरहेको सूचना पाएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछाप उद्योग वाणिज्य संघलाई खानेकुराको प्रबन्ध गर्न आग्रह गरेकी थिइन्। शनिबार स्थानीय व्यवसायीको सौजन्यमा एक सय २० जनालाई खाजापानीको व्यवस्था गरिएको संघका सचिव सुरेश उदासले बताए।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.