×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाल आईडलका गायक निशान भट्टराईले सार्वजनिक गरे आफ्नो प्रेमिका

  •  
  • आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो पुस्ताका चर्चित गायक निशान भट्टराईसँगै खिचिएको तस्बिर पोष्ट गर्दै ऋचा न्यौपानेले सामाजिक सन्जाल फेसबुकमा प्रेमिल भावना पोखिन् । तिम्रो माया भगवानले दिएको अहिलेसम्मकै सबैभन्दा सुन्दर उपहार हो, हरेक दिन मेरो उत्कृष्ट दिन हो, किनकि तिमी मेरो संसारमा छौ ।

    शुक्रबार बिहान उनले त्यस्तो स्टाटस पोष्ट गरेपछि धेरैले उनीहरूलाई बधाई दिएका छन् । यस विषयमा निशानसँग बुझ्दा ऋचा आफ्नो प्रेमिका भएको पुष्टि गरे । विगत डेढ वर्षयता प्रेम सम्बन्धमा रहेको भएतापनि निशान भने सार्वजनिक रूपमा प्रेम सार्वजनिक गर्ने मुडमा थिएनन् । ‘हाम्रो प्रेम सम्बन्ध सुरु भएको डेढ वर्ष भयो’, निशान भन्छन्, ‘मैले त हाम्रो सम्बन्ध अहिले नै पब्लिक नहोस् भन्ने चाहेको थिएँ, उनले मलाई थाहै नदिई सामाजिक सञ्जालमा सेयर गरिछन् ।’

    करिव डेढ वर्ष पहिला उनीहरूको फेसबुकमार्फत नै पहिलो कुराकानी भएको निशान बताउँछन् । त्यसपछि उनीहरूले काठमाडौंको एक क्याफेमा भेटघाट गरे । ऋचा निशानको डाइहार्ट फ्यान थिइन् । ऋचाले नै निशानलाई भेट्न आग्रह गरिन् । ‘फ्यानहरूले मलाई भेट्न आग्रह गरिरहनुहुन्छ,’ उनी भन्छन्, ‘समय मिलेसम्म सबैसँग भेट्ने कोसिस गर्छु ।’ उनले ऋचाको आग्रहलाई पनि नाइँ–नास्ती गर्न सकेनन् ।

    पहिलो भेटमा एउटा कलाकार र फ्यानकै रूपमा सामान्य कुराकानी भयो र छुट्टिए । ऋचाले भने उनलाई भित्रभित्रै मन पराइसकेकी रहिछन् । जुन कुरा निशानलाई पत्तो थिएन । पहिलो भेटको केही समयपछि निशानलाई ऋचाले प्रेम प्रस्ताव राखिन् । निशान अकमक्क भए । ‘के भन्ने के जस्तो भयो,’ उनी भन्छन्, ‘मैले त्यो दिन कुनै जवाफ फर्काइनँ ।’ प्रेम प्रस्ताव नै आएपछि निशानले केही सोच्न थाले ।

    कुराकानी र भेटघाटको समयमा ऋचाको बोलीचाली, बानी–व्यवहार, केयरिङजस्ता कुराले निशानको मनमा पनि माया अंकुराउन थाल्यो । एक हप्तापछि ऋचाको प्रेम प्रस्तावलाई स्वीकारेको निशान बताउँछन् । यसबीचमा उनीहरूबीच फोन र म्यासेन्जरमा लामो समय कुराकानी हुन थाल्यो । धुलिखेल घर भएकी ऋचा काठमाडौंस्थित इम्पेरियल बिजनेश कलेजमा स्नातक तह पहिलो वर्षमा अध्ययन गर्छिन् ।

    दुईजनाबीच प्रेम भएपछि यो जोडीले सँगै म्युजिक भिडियो बनाउने निर्णय ग¥यो । ऋचालाई पनि अभिनयमा रूची थियो । एक वर्ष अघि ‘लाहुर जाने रेल’ गीतमा उनीहरूले अभिनय गरे । ऋचाको त्यो नै पहिलो म्युजिक भिडियो थियो । भिडियोको छायाँकन मुस्ताङ र भारतको कानपुरमा भएको थियो । त्यो गीतको भिडियो युट्युबमा भने केही महिना अघिमात्र अपलोड भएको छ । त्यही सुटिङ नै उनीहरुको पहिलो डेटिङ बन्न पुग्यो । ‘म्युजिक भिडियोमा अभिनय गर्नुभन्दा पहिला हामी डेटिङ गएका थिएनौं,’ उनी भन्छन्, ‘त्यही सुटिङको समय नै हाम्रो पहिलो डेटिङ जस्तै भयो ।’

    म्युजिक भिडियोमा अभिनय गरेपछि यो जोडीको माया अझै झांगिदै गयो । त्यसपछि परिवारका सदस्यले पनि सुइँको पाएको निशान बताउँछन् । निशानले तयार गरेका केही गीतका भिडियोमा अझै ऋचा देखिने निशान बताउँछन् । अब विवाहचाहिँ कहिले गर्ने त ? यो प्रश्नमा निशान अकमक्किन्छन् । ‘अँ… अहिले नै विवाह गर्ने सोच त छैन,’ उनी भन्छन्, ‘हामी दुवैजना करियरमा फोकस छौं । साथै, दुवैले एक–अर्कालाई बुझेका छौं । त्यसैले अहिले नै विवाह गर्ने हाम्रो सोच छैन ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.