बलिउडका निर्देशक टीनू आनन्दकहाँ अचेल निर्माताहरु बारम्बार चलचित्र ‘शहंशाह’ को रिमेक बनाउनको लागि अधिकार माग्न जान थालेका छन् ।
निर्माताहरुको त्यस्तो मागबाट टीनू आफैंले उक्त चलचित्रको रीमेक बनाउने निर्णय गरेका छन् । टीनूका अनुसार जब यो कोरोना भाइरसको महामारी सकिन्छ, तब उनी शहंशाहको रीमेकलाई बनाउने कार्यलाई तिव्र गतिमा अगाडि बढाउने छन् ।
सन् १९८८ मा टीनूले यो चलचित्र सुपरस्टार अमिताभ बच्चनलाई लिएर निर्देशित गरेका थिए । चलचित्रमा त्यस्तो विशेष कुरा नभएता पनि लामो समयको अन्तरालपछि अमिताभको उक्त चलचित्र प्रदर्शन भएकाले त्यसले निकै राम्रो व्यवसाय गर्न सफल भएको थियो ।
उक्त चलचित्रको एउटा सम्वाद निकै चर्चित भएको थियो । ‘रिश्ते मे हम तुम्हारे बाप लगते है, नाम है शहंशाहु’, यो सम्वाद त्यति बेला सबैको मुखमा झुन्डिएको थियो । अहिले पनि अमिताभलाई यो सम्वाद बोल्नका लागि आग्रह गरिन्छ ।
टीनूले वर्षौंदेखि कुनै चलचित्र बनाएका छैनन् र रीमेकको वहानामा ठुलो स्टारसंग उनले यो चलचित्र बनाउन सक्ने सम्भावना छ । उनले ‘शहंशाह’ को रीमेकमा रणवीर सिंहलाई अभिनय गराउने सोचेका छन् ।


