साहित्यकार अमर न्यौपानेको कथा रहेको छोटो चलचित्र (सर्ट फिल्म) ‘देशमाथि’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ । विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको हो ।
निर्देशक दिपेश रेग्मीको निर्देशनरसम्पादन रहेको उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ। यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ ।
नेपालमा स्नातकोत्तर उत्तिर्ण गरेर पनि आरक्षण र नातावाद रकृपावादको कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त चलचित्रमा समेटिएको छ। बेल्जियममा रहेको तेजेन्द्र कँडेल फिल्म्स (तेजेन्द्र कँडेल) ले निर्माण गरेको उक्त सर्ट फिल्मको सह-निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट (सोहन घिमिरे, बेलायत) रहेको छ । फोस्तास तालकाले छायांकन गरेको देशमाथिको अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ ।
हेरौं उक्त चलचित्र


