गोरखा समाचारदाता
काठमाण्डौं – भारतमा गएको २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
एक दिनमा भारतमा १ हजार ३५ संक्रमित थपिएका हुन । अहिले सम्म भारतमा २४९ जनाको ज्यान गएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७८६ पुगेको छ ।
कोरोना भाइरसको त्राससँगै भारत गत मार्च २५ देखि २१ दिनसम्म लकडाउन गरिएको छ । अप्रिल १४ मा लकडाउन सकिने भएपनि मुख्यमन्त्रीहरुले यसलाई बढाउन सुझाव दिएका छन ।
आज प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फरेन्समा उनीहरुले लकडाउन बढाउन सुझाव दिएका हुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारलाई १६ दिन लकडाउन अवधि थप्न सुझाव दिएका छन




















