✍️मेरो पत्र✍️
सम्मननिय प्रधानमन्त्री ज्यु नमस्कार 🙏 , म धेरै भुमिका बाध्न चाहान्न ।।शुरुमै प्रश्न मेरो भन्दिनुस सम्माननिय प्रधानमन्त्री ज्यु यो उखाने सरकार हो कि, गु खाने हो सरकार हो ?
कठै मेरो देश, कठै मेरो सरकार।।, सन्सार कोरोना भाईरसबाट तर्सित छ त्यो भन्दा बढी नेपाल सरकारले हामिलाई तर्साउने गरेको महसुस हुन्छ, भर्खरै भोलि र पर्सि उपत्यका बाहिर जान पाउने समाचार बनायो एकै छिनमा क्यान्सिल गर्यो यस्तो मजाक गर्न नि मिल्छ कुनै बेला त आफैलाई यश देशको नागरिक हुनुमा नि लज्जा महसुस हुने गर्छ एकातिर काठमाडौको ठाउँ यहाको महङ्गि आफ्ना बालबच्चा अनि परिवार ,साथीहरू सम्झन्छु, किन घरी घरी पागल बनाउछौ सरकार हामी कति पिडामा छौ कति दुखमा छौ त्यो बुझ्नुको सत्ता किन यसरी तर्साउछौ यो बेलामा सुरक्षीत बनाउनुको सत्ता अझै बेहाल बिजोक बनाउनु कत्तिको जायज हो ?
नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति जस्तो सम्मानित निकायले शुक्रबार र शनिबार काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार बनाएर एक घन्टा पछि विज्ञप्तिमा यस किसिमको कुनै निर्णय नभएको भनेर नेपाली जनतालाई मूर्ख बनाउन मिल्छ होला त ?
(कोभिड१९) को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधन पनि खेलचारी झै लाग्न थाल्यो । खालि जनताको आवश्यकतालाई गंभीर रूपमा उठाएका छौ आत्तिनु पर्दैन भनेर मजाक गर्नु हुन्छ तपाईं खै के भयो ? के पायौ ? हामी सर्वसाधारण नागरिकहरुलाई खाली ढाट्ने छल्ने मूर्ख बनाउने झन तर्साउने ? मेरो प्रश्न छ , सरकारले यस्तो गंभीर परिस्थितिमा जोक्कर बनाउदै गर्दा बरु मर्नै ठिक छ जस्तै लाग्छ तर धेरै पटक सोच्छु बाल बच्चा परिवार सम्झन्छु अझै धेरै गर्नु पर्ने छ ।
लाग्छ यो बेलामा सहजीकरण गर्नु, राहतको ब्यवस्थापन गर्नु, जनतालाई ढुक्क बनाउनु त कहाँ हो कहाँ उल्टो तर्साउने ? हुनत प्रधानमन्त्री ज्यु समक्ष यो पुगोस भन्ने चाहान्छु तर त्यो त सम्भावना छैन होला म एक सामान्य नागरिक ,सामान्य कलाकार हु ।
गीत लेखेर,बनाएर ,दोहोरी साझमा रातभरि काम गरेर परिवार पाल्ने बाल बच्चा पाल्नी ब्यक्ति हु सामान्य परिवारबाटै हुर्किएर जीवनभर गुजारा चलाउनु बाहेक माथी उस्किन सकिरहेको छैन त्यैइ पनि धेरै आशा सपनाहरु छन त्यसैले जो जसले पढ्दै हुनुन्छ हेर्दै हुनुन्छ कजबचभ गरेर पुर्याईदिनुहोला ।
अञ्चल शाही
बागलुङ निसिखोला ३
हालः काठमाडौ, टोखा नगरपालिका ११




















