मानिसको भाग्य परिवर्तन हुनका लागि केवल एउटा तस्बीर नै पर्याप्त हुन्छ । १३ वर्षीया रीता गेवियोला यसकै उदाहरण हुन् । ४ वर्षअघि रीता फिलिपिन्सका सडकहरुमा भिख मागिरहेको देखिन्थ्यो, तर आज फेसन मोडल तथा अनलाइन सेलिब्रेटीको रुपमा लोकप्रिय भएकी छिन् । इन्स्टाग्राममा एक लाखभन्दा बढी फलोअर छन् ।
उनको कथा सन् २०१६ मा प्रारम्भ भयो, जब फिलीपिन्सको लुकबान शहरमा फोटोग्राफर टोफर क्वीन्टोले पुगे । टोफर रीताको प्राकृतिक सौन्दर्यबाट प्रभावित भए र उनका केही तस्वीरहरु खिचे । उनले ती तस्वीरहरु सोसल मिडियामा पोस्ट गरे । ती तस्वीरहरु कम समयमै भाइरल भए । योसंगै रीताको जीवन नै परिवर्तन भयो । रीताका ५ जना भाइ–बहिनीहरु छन् । उनकी आमा घर–घरमा गएर काम गर्छिन् बुवा कबाडीका सामान भेला पार्छन् ।
सेलिब्रेटी बन्नुअघि सडकमा भिख माग्दै रीता
मोडलिङसहित अभिनयमा पनि बन्यो करियर चार वर्षअघि जब फोटोग्राफर टोफर क्वीन्टाले रीताका तस्वीरहरु सोशल मीडियामा पोस्ट गरेको थिए, उनलाई थुप्रै व्यूटी क्वीनहरुले नै मन पराए र आर्थिक रुपले पनि सहयोग गरे । तस्वीर भाइरल भएपछि थुप्रै फेशन ब्राण्डहरुले रीतालाई मोडलिङका लागि अफर गरे । केही समयपछि रीता टेलिभिजन कार्यक्रमहरुमा समेत देखिन थालिन् । रीता बेडजाओ नामक अल्पसंख्यक समुदायकी हुन्, त्यसैले उनलाई सोशल मीडिया प्रयोगकर्ताले उनको नाम नै बेडजाओ गर्ल राखिदिए ।
रियालिटी शो बिग ब्रदरमा काम गरिन्
मिस वर्ल्ड फिलीपिन्स-२०१५, मिस इन्टरनेशनल फिलीपिन्स-२०१४ तथा मिस अर्थ-२०१५ ले सोशल मीडियामा रीताको फिगर तथा प्राकृतिक सुन्दरताको प्रशंसा गरिदिए । रीता जब चर्चामा आइन्, उनलाई रियालिटी शो बिग ब्रदर अफर गरियो । उक्त शोले उनलाई नयाँ उचाइ प्रदान गरिदियो र परिवारलाई आर्थिक रुपबाट मजबूत बनाइदियो ।
अमेरिकी प्रशंसकले दिए नयाँ घर
सन् २०१८ मा रीताले यूट्यूबमा एउटा भिडियो अपलोड गरेकी थिइन् । जसमा उनले आफनो नयाँ घरको बारेमा जानकारी दिएकी थिइन् । उक्त घरलाई बनाउनमा उनलाई अमेरिकी प्रशंसक ग्रेसले आर्थिक सहयोग गरेकी थिइन् । रीता अचेल सोशल मीडियामा आफ्ना तस्वीरहरुका कारणले चर्चामा आइरहेकी छिन् । यतिबेला उनको प्राथमिकता अध्ययन पुरा गर्नु रहेको छ ।




