गोरखा समाचारदाता
काठमाण्डौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार नाघेको छ ।
विश्वभर संक्रमितहरुको संख्या १७ लाख नजिक पुगेका छन् । ३ लाख ७६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
संक्रमणले सबैभन्दा बढी प्रभावित अमेरिकामा ५ लाख २ हजार ८ सय भन्दा बढी संक्रमित भएका छन् भने १८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ ।
इटलीमा १८ हजार ८ सय, स्पेनमा १६ हजार र फ्रान्समा १३ हजार १ सयभन्दा बढीको ज्यान गएको छ ।
त्यसैगरी बेलायतमा ८ हजार ९ सय, जर्मनीमा २ हजार ७ सय, नेदरल्याण्डमा २ हजार ५ सय र बेल्जियममा ३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
इरानमा कोरोना संक्रमणबाट ४ हजार २ सयभन्दा बढीको ज्यान गएको छ ।


