गोरखा समाचारदाता
पोखरा – पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर एक जना युवक वेपत्ता भएको छ ।
पोखरा महानगरपालिका १ मा रहेको बगरमा रहेको सेती नदीमा पौडी खेल्ने क्रममा युवक वेपत्ता भएको हो ।
बगर नजिकै रहेको पिएन क्याम्पसको तल सेती नदी खोचमा साथीहरु संग पौडी खेल्ने क्रममा महानगरपालिका १६ दिप बस्ने अमृत मगर नदीमा वेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
शुक्रबार ३ जना साथीहरु संगै नदीमा माछा मार्न गएका मगर पौडी खेल्ने क्रममा नदीको खोजमा डुबेर वेपत्ता भए पछि उनको खोजी भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।


