गोरखा समाचारदाता
पर्वत – पर्वतको वारीवेनी दोभानमा हामफाल्दा एक महिलाले ज्यान गुमाएकी छिन् ।
शुक्रबार काली गण्डकी नदीमा हामफाल्दा सिन्धुपाल्चोककी महिलाको ज्यान गएको हो ।
जिल्लाको जलजला गाउँपालिका ३ को वारीबेनी दोभानमा रहेको काली गण्डकी नदीमा हामफाल्दा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भई हाल जलजला गाउँपालिका ३ वारीबेनी बस्दै आएकी देवकी थापा मगरको ज्यान गएको पर्वत प्रहरीले जनाएको छ ।
मगर हामफालेको नदी भन्दा १५० मिटर तल लामाखेत भन्ने नदी किनारमा मृक्त शव फेला परेको थियो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।


